शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक #पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक
राजनीति

मल्दोभाका समकक्षीसँग परराष्ट्रमन्त्री देउवाको द्विपक्षीय भेट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ चैत, २०८१ मा प्रकाशित
मल्दोभाका समकक्षीसँग परराष्ट्रमन्त्री देउवाको द्विपक्षीय भेट
नयाँदिल्ली, चैत ५ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मिहाई पोपसोईसँग भेटवार्ता गरेकी छन् ।

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज (मंगलबार) भेटवार्ता भएको देउवाको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटका क्रममा नेपाल-मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा. देउवाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै यस समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो ।

देउवाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपालले तयारी गरिरहेको र त्यसपछि नेपाललाई आवश्यक पर्ने सहयाताबारे पनि जानकारी दिएकी थिइन् । साथै उनले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‌को सदस्यलगायतमा दिएको उम्मेदवारीबारे जानकारी दिँदै त्यसमा मल्दोभाको सहयोगका लागि आग्रह पनि गरेकी थिइन् ।

परराष्ट्रमन्त्री देउवाले यसै साता हुन लागेको विदेशमन्त्री मिहाई पोपसोइको नेपाल भ्रमणबाट पनि दुई देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने धारणा राखेकी थिइन् ।

यो पनि…

युक्रेनका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेट, ७ नेपाली मुक्त गर्न माग

परराष्ट्रमन्त्री र ट्रम्पका सुरक्षा निर्देशकबीच वार्ता, विपिन रिहाको पहल गरिदिन आग्रह

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार