काठमाडौँ, चैत ६ :

गए राति सूर्यविनायक नगरपालिका- २ बालकोटस्थित रेडक्रस चोकमा मोहम्मद आसिमले सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा आगलागी हुँदा रु १० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । 

विद्युत् सर्ट भई आगलागी हुँदा वर्कसपमा रहेको दुई मोटरसाइकल, एउटा स्कुटर, कम्प्रेसर मेसिन एक थान, पानी तान्ने मेसिन- तीन थान, विभिन्न ब्राण्डका मोबिल आठ थान, केही कार्टुन र बाइकको पाट्र्सहरु जलेर नष्ट भएको प्रहरी वृत्त थिमिले जानकारी दिएको छ । 

वर्कसपमा भएको आगलागीका कारणसँगैको रगु श्रेष्ठको घरमा क्षति पुगेको जुद्ध वारुण यन्त्र कार्यालय, भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए । उनले भक्तपुरको दमकलले आगो नियन्त्रणमा लिएको बताए ।