तनहुँ, चैत ६ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रको गुटको अन्त्य गर्नको लागि पार्टीले विधान संशोधन गर्ने बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले बुधबार दमौली गरेको सभामा महामन्त्री थापाले यसको अन्त्यका लागि विधान संशोधनको बैठक गर्न लागेको बताए ।

क्रियाशील सदस्यबाटै केन्द्रीय सभापति, प्रदेश सभापति र जिल्ला सभापति छान्ने कानुनी व्यवस्था गरे कांग्रेसमा गुटबन्दी अन्त्य हुने थापाको दाबी थियो ।

महामन्त्री थापाले भन्नुभयो, ‘सीमित व्यक्तिबाट छान्दा दुरबिन लगाएर खोज्ने र गुट बनाउने काम भयो, यसको अन्त्यको लागि विधान संशोधनको बैठक गर्न लागेका छौं।’  

गुट-उपगुट समाप्त गर्ने हो आगामी महाधिवेशनमा यो विधिलाई बदल्नुपर्ने उनको भनाइ थियो। देशभरका क्रियाशील सदस्यले मत हालेर सभापति चुनौं,’ थापाले भने , ‘एक भोटले कांग्रेसको सभापति छानिने, जिल्ला सभापति छानिने विधिका बारेमा  छलफल गर्न जरुरी छ।’

महामन्त्री थापाले देशको अर्थतन्त्र कमजोर भएको समयमा पूर्व विशिष्टलाई सुविधा थप्ने नभई कटौटी गर्नुपर्ने बताए।  पूर्व विशिष्टको लागि उपचार, घर खर्च राज्यका लागि भार हुनु नहुने उनले बताए।

महमन्त्री थापाले सरकारद्वारा सञ्चालित उद्योग घाटामा भएकोले बन्द गर्नुपरेको स्मरण गर्दै त्यसको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन उपयुक्त हुने बताए।