काठमाडौँ, चैत ११ :

विभिन्न चार निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले एस. डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौँ, मनकामना सप्लायर्स भोजपुर र आर. एस. ए. कन्स्ट्रक्सन काठमाडौँलाई कालो सूचीमा राखेको हो ।

ओम प्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण सेवालाई तीन वर्षका लागि, रामशरण अधिकारी मुख्य व्यक्ति भएको आर.एस.ए. कन्स्ट्रक्सनलाई डेढ वर्ष, एस. डी कन्स्ट्रक्सन र भोजपुरको मनकामना सप्लायर्सलाई एक- एक वर्ष कालोसूचीमा राखिएको छ ।

निर्माणकार्यको जिम्मा लिने तर काम सन्तोषजनक नगरेको भन्ने सिफारिस भएपछि यि कम्पनीहरू कालोसूचीमा परेको अनुगमन कार्यालयले जनाएको छ ।