फागुन २२ :

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै आपत्ति जनाए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले आकस्मिक समयमा सरकारप्रति प्रश्न उठाउँदै आपत्ति जनाए । ‘हामी सार्वजनिक संस्थामा राजनीतिक नियुक्तिको उपज के हुन्छ भन्ने देखिरहेका छौं । कुलमान घिसिङजस्तो कम्पनीलाई फाइदामा पुर्‍याउनेलाई मूल्याकंन जिरोमा गर्छौं,’ उनले भने, ‘विभिन्न बहानामा कार्यकर्ता भर्ती गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बहानाबाजी गरिरहेका छौं ।’

उनले एउटा कुलमानलाई लखेटे आफूहरु हजारौं कुलमानलाई लिएर आउने चेतावनी पनि दिए । ‘खबरदार भन्न चाहन्छौं, एउटा कुलमानलाई लखेट्यो भने हामी हजारौं कुलमान लिएर आउनेछौं,’ सदनमा सांसद झाले सरकारलाई चेतावनी दिँदै भने ।

हेर्नुहोस् भिडियो :