जेठ ६ :

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रुपमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

त्यसो त पौडेल गभर्नर बन्ने यसअघि नै सुनिश्चित थियो । सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसबीच पौडेललाई गभर्नर बनाउने पूर्वसहमति भने भइसकेको थियो ।

२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । चितवन १ मा रास्वपाका हरि ढकाल ३४ हजार २ सय १८ मतसहित विजयी भएका थिए । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याएका थिए । पौडेल भने तेस्रो स्थानमा रहँदै २४ हजार ९ सय ९० मत ल्याए ।