जेठ ६ :

काठमाडौं । गभर्नरमा नियुक्त विश्वनाथ पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका थिए । काठमाडौं विश्वविद्यालयका अध्यापकसमेत रहेका उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ ।

शिक्षा :
विद्यावारिधि - कृषि तथा स्रोत अर्थशास्त्र
विश्वविद्यालय: University of California, Berkeley (USA)
वर्ष : २०१०
विषय : कृषि र स्रोत व्यवस्थापनमा आधारित अर्थशास्त्र
इन्जिनियरिङ डिग्री
अध्ययन स्थल : सांघाई, चीन
प्रारम्भिक पढाइ इन्जिनियरिङमा गरेपछि पछि अर्थशास्त्रतर्फ उन्मुख

प्रमुख पेसागत भूमिका :
उपाध्यक्ष - राष्ट्रिय योजना आयोग (पूर्व)
राष्ट्रिय नीति निर्माणमा नेतृत्वदायी भूमिका
प्राध्यापक - काठमाडौं विश्वविद्यालय
अर्थशास्त्र र नीति अध्ययन विषयमा शिक्षण तथा अनुसन्धान
वरिष्ठ आर्थिक सल्लाहकार - अर्थ मन्त्रालय
सदस्य - सानिमा बैंक तथा सानिमा मिडल तामोर जलविद्युत कम्पनीको बोर्ड

अन्य योगदान :
इसिमोड बोर्ड अफ गभर्नर्सका अध्यक्ष
कोलम्बो प्लान काउन्सिलका अध्यक्ष
आरईसीआई (Regional Economic Cooperation and Integration in Asia and the Pacific) का अध्यक्ष
सीएनआई (Confederation of Nepalese Industries) का प्रमुख आर्थिक सल्लाहकार

अनुसन्धान र प्रकाशन :
American Journal of Agricultural Economics
Applied Economic Perspectives and Policy
Journal of Agricultural and Applied Economics
Natural Resources Modeling
Applied Economic Letters
(जस्ता अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान प्रकाशित)