चितवन, भदौ १० :

नारायणगढ मुग्लिङ सडकमा आइतबार बिहान बस दुर्घटना भएको छ । 

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस बिहान सात बजेतिर भरतपुर महानगर पालिका वडा नम्बर २९ घुमाउनेमा सडकमै पल्टिएर दुर्घटना भएको हो । 

दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।