धनगढी, भदौ १० :

पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । 

धनगढी उपमहानगरपालिका- ४ मा रहेको देउवा निवास अगाडि राति १ बजे शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तारसहितको वस्तु कालो झोलामा राखिएको अवस्थामा फेला परेपछि रातिबाटै प्रहरीले त्यस वरपर निगरानीमा राखेको थियो । 

बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिनुभयो ।