
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।
उनले आफू गलत भए जेल हाल्नसमेत सरकारलाई चुनौती दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारलाई चुनौती दिएका हुन् ।
‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुराचाहिँ भाषणमा सुन्नुपर्ने ?’ मेयर शाहले फेसबुकमा लेखेका छन् ।
काठमाडौं महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न सरकारलाई चुनौती दिएका हुन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्धको राय प्रतिवेदन सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले आफू गलत भए जेल हाल्नका लागि सरकारलाई चुनौती दिएका हुन् ।
मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई भ्रष्टाचारीको आरोप लगाउँदै सरकारले संरक्षण गरिरहेको जनाएका हुन् ।