बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात #आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात
राजनीति

निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमितिले अध्ययन सुरु गर्‍यो

प्रहरीले संसदीय उपसमितिलाई बुझायो डकुमेन्टको चाङ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमितिले अध्ययन सुरु गर्‍यो
फाइल तस्वीर ।
काठमाडौं, कात्तिक १२ :

निर्वाचन प्रहरीको पोसाक खरिदमा कमसल सामग्री प्रयोग भएको र खर्चमा अनियमितता भएको भन्ने प्रश्न उठेपछि संसदीय उपसमितिले प्रारम्भिक अध्ययन सुरु गरेको छ।

बिहीबार बसेको उपसमितिको बैठकले कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन सक्ने गरी आन्तरिक कार्यविधि तय गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले पोसाक खरिदसम्बन्धी कागजातको ठूलो परिमाण उपसमितिलाई बुझाएका छन्। ती कागजात उपसमितिको सचिवालयमै राखेर अध्ययन गरिनेछ।

निर्वाचन प्रहरीको पोसाकका लागि भूगोलअनुसार प्रतिव्यक्ति ६ हजार १७० रुपैयाँदेखि ११ हजार ५०० रुपैयाँसम्म उपलब्ध गराइएको थियो। यस शीर्षकमा करिब एक अर्ब रुपैयाँ निकासा भएको थियो।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गत असोज १६ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको थियो। उपसमितिलाई अध्ययनका लागि दुई महिनाको समय दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार