बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

अब उपत्यकाबाटै अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन पाउने

यी अवस्थामा नागरिकताको प्रतिलिपि लिन सकिन्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
अब उपत्यकाबाटै अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन पाउने
काठमाडौं, कात्तिक ११ :

काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले पनि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि लिन पाउने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै नयाँ व्यवस्थाबारे जानकारी दिएको हो। नयाँ व्यवस्थाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले सेवा लिन सक्नेछन्। यस्तै ललितपुरबाट कर्णाली र सुदूरपश्चिम तथा भक्तपुरबाट कोशी र मधेस प्रदेशका नागरिकले नागरिकताको प्रतिलिपि लिन पाउनेछन्।  

नागरिकताको प्रमाणपत्र हराएका, नष्ट भएका वा झुत्रिएका नागरिकले अब प्रतिलिपि लिन आफ्नो स्थायी ठेगाना रहेको जिल्ला पुग्नुपर्ने बाध्यता हटेको छ। प्रतिलिपि जारी गर्नुअघि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको अभिलेखसँग विवरण रुजु गरिनेछ।

आगलागी, बाढीपहिरो, पानीले भिजेर वा अन्य कारणले नागरिकताको प्रमाणपत्र नष्ट भएको, हराएको वा प्रयोग गर्न नसकिने गरी झुत्रिएको अवस्थामा प्रतिलिपि लिन सकिनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार