बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

अर्थमन्त्री वाग्लेले भारतमा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी : पोखरेल

सीमा समस्या, डुबान र असमान सन्धिको विषय उठाउँदा भारतविरोधी भइन्छ भने बन्न तयार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
अर्थमन्त्री वाग्लेले भारतमा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी : पोखरेल
काठमाडौं, कात्तिक ११ :

नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको आरोप लगाएका छन् ।

बुधबार रिपोटर्स क्लवले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता पोखरेलले रास्वपा र सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाउँदै अर्थमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको आरोप लगाएका हुन् ।

उनले भारतसँगको सीमा समस्या, डुबान र असमान सन्धिको विषयमा आवाज उठाउँदा भारतविरोधी भनिन्छ भने आफू हजारपटक भारतविरोधी बन्न तयार रहेको तर्क गरे । उहाले आफू भारतविरोधी नभई पञ्चशील र असंलग्न परराष्ट्र नीतिका आधारमा भारत, चीन, अमेरिका र अन्य मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध हुनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे ।

उनले सरकारको समग्र कार्यशैलीमाथि प्रश्न उठाउँदै राजदूत सिफारिसमा विवादास्पद व्यक्तिहरूलाई अघि सारिएको र नागरिकता विवादमा परेकी व्यक्तिलाई  लुम्बिनी विकास कोषको उपाध्यक्षमा सिफारिस गरेर गलत कदम चालिएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार