बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
खेलकुद फुटबल

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई धरौटीमा छाड्न अदालतको आदेश

खेल मिलेमतोको कसुरमा उनीहरूविरुद्ध मुद्दा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई धरौटीमा छाड्न अदालतको आदेश
ललितपुर, कात्तिक ११ :

जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश हरिसिंह धामीको एकल इजलासले आज उनीहरूलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा उनीहरूविरुद्ध मुद्दा दायर भएपछि उनीहरू फरार रहेका थिए। उनीहरू आज अदालतमा आफैं उपस्थित भएका थिए।

सीआईबीले अध्यक्ष नेम्वाङ, महासचिव राईसँगै कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो। जोशी र पाण्डे यसअघि नै धरौटीमा छुटिसकेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार