काठमाडौं, कात्तिक ११ :
पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो संस्करणको एनपीएलमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो ।
पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनले २५ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।
यस्तै महेदी हसनले सर्वाधिक ३२ रन बनाए । कुशल भुर्तेल १७ बलमा २१ रन बनाएर आउट भए ।
सुदुरपश्चिमका लागि अनिल खरेलले ३ विकेट लिंदा हेमन्त धामी, स्कट कुग्लीङ र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिएका थिए। अहिले सुदूरपश्चिम ब्याटिङ गरिरहेको छ ।