काठमाडौं, कात्तिक ११ :
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले ब्याटिङ गरिरहेको छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् । दुवै टोली पहिलो जितको खोजीमा छन् । प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो खेल खेल्दा पोखराको भने पहिलो खेल हो ।
यसअघि सुदूरपश्चिम आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो ।