बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी #पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी
विदेश

आन्ध्र प्रदेशमा चक्रवात‘अर्नब’को बबन्डर : तीन जनाको मृत्यु, ५७ हजार विस्थापित

५० रेल सेवा र २१ उडान रद्द
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
आन्ध्र प्रदेशमा चक्रवात‘अर्नब’को बबन्डर : तीन जनाको मृत्यु, ५७ हजार विस्थापित
आन्ध्र प्रदेश, कात्तिक ११ :

बंगालको खाडीबाट उत्पन्न शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा ठोक्किएपछि जनजीवन प्रभावित भएको छ। आँधीसँगै प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावाहुरी चल्नुका साथै भारी वर्षा भइरहेको छ।

आँधीका कारण आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ३१ घरमा क्षति पुगेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै राज्यबाट ५७ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। खराब मौसमका कारण ५० वटा रेल र विजयवाडा तथा विशाखापट्टनम विमानस्थलका २१ उडान रद्द गरिएका छन्।

छिमेकी राज्य ओडिशामा भारी वर्षाका कारण १६ जिल्लाका विद्यालय बन्द गरिएका छन्। त्यहाँ पनि ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। दुवै राज्यमा उद्धार तथा राहतका लागि चार हजार चक्रवात आश्रयस्थल तयार गरिएको छ।

विशाखापट्टनममा अक्टोबर २७ को बिहान ८:३० बजेदेखि अक्टोबर २८ को बिहान ३ बजेसम्म करिब १८ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। यो सहरमा जुलाई महिनामा हुने औसत १३३ मिलिमिटर वर्षाभन्दा डेढ गुणाभन्दा बढी हो।

चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा वर्षा तथा हावाहुरीको प्रभाव कायम रहेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार