बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
विदेश

रुस र युक्रेनबीच युद्धविराम सुरु, अमेरिका र युक्रेनद्वारा पुष्टि

· ५६ मिनेट अगाडि प्रकाशित
रुस र युक्रेनबीच युद्धविराम सुरु, अमेरिका र युक्रेनद्वारा पुष्टि
काठमाडौँ, कात्तिक ११ :

रुस र युक्रेनबीच एउटा सीमित क्षेत्रमा अस्थायी युद्धविराम (सीजफायर) सुरु भएको छ, जसको पुष्टि युक्रेन र अमेरिका दुवै पक्षले गरेका छन्।

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराउँदै युक्रेन र रुसबीचको युद्धविराम २७ अक्टोबर २०२६ मा मस्को समयअनुसार बिहान ४ बजेदेखि लागू भएको बताएकी छिन्। नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न तथा मानवीय सहायता छिटो पुर्‍याउनका लागि यसलाई तोकिएको समयभन्दा दुई दिनअघि नै लागू गरिएको उनले स्पष्ट पारेकी छिन्।

मानवीय सहायता टोलीलाई सुरक्षित आवतजावतको बाटो उपलब्ध गराउन युद्धविरामको भौगोलिक क्षेत्र खेरसोन क्षेत्रको ओलेश्कीभन्दा अगाडि बढाइएको छ र रुसी सशस्त्र बलका जनरल स्टाफ प्रमुख जनरल भलेरी गेरासिमोभले पनि यसको पुष्टि गरेका छन्।

उता, युक्रेनी संसदीय आयुक्त दिमित्रो लुबिनेट्सले पनि युद्धविरामको पुष्टि गर्दै हालसम्म दुवैतर्फबाट युद्धविराम उल्लङ्घनको कुनै पनि घटना नभएको जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार