बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
खेलकुद फुटबल भिडियो

चार महिनापछि खोलियो एन्फाको ताला

कात्तिक १३ गते कार्यसमिति बैठक बोलाइयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५७ मिनेट अगाडि प्रकाशित
चार महिनापछि खोलियो एन्फाको ताला
ललितपुर, कात्तिक ११ :

अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित केन्द्रीय कार्यालयको ताला चार महिनापछि खोलिएको छ। एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको टोलीले कार्यालयको ताला खोलेको हो।

अध्यक्ष पंकजविक्रम नेम्वाङलाई एन्फा विधानअनुसार कार्यसमिति बैठक बोलाउन लिखित माग गर्दा पनि बैठक नडाकिएपछि वरिष्ठ उपाध्यक्ष खड्का नेतृत्वको टोलीले कार्यालयको ताला खोलेर छलफल गरेको हो।

छलफलले आगामी कात्तिक १३ गते कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ। छलफलमा वरिष्ठ उपाध्यक्ष खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री र मनिष जोशीलगायत सहभागी थिए।

एन्फामाथि लागेको प्रतिबन्ध र नेपालमा फुटबल क्षेत्रमा भइरहेको विवादको निकास दिनुपर्ने आवश्यकता रहेकाले फिफाबाट भएको प्रतिबन्ध, सरकारसँगको सहकार्य, र तहगत निर्वाचनको अवरोधलाई कसरी हटाउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यका साथै कार्तिक १३ गते बैठक बस्ने खड्काले बताए।

साथै उनले १३ गतेको कार्यसमितिको बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव तथा अन्य सबै कार्यसमिति सदस्यहरूलाई उपस्थित भई नेपाली फुटबलको निकासका लागि एक ठाउँमा बसेर निर्णय गर्न आग्रह गरे । बैठकको मुख्य उदेश्य कसैलाई हटाउने वा निषेध गर्ने नभई, नेपाली फुटबलको अवरोध र प्रतिबन्ध हटाएर यसलाई निकास दिनु रहेको उनको भनाइ छ । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले निलम्बन गरेपछि नेपाली फुटबल क्षेत्र ठप्प छ ।

यसैबीच, एन्फा अध्यक्ष नेम्वाङसहितका पदाधिकारीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खेल ठगीसम्बन्धी कसुरमा मुद्दा चलाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार