बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द #हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द
राजनीति भिडियो

भोटेकोशी बाढीबाट भएको क्षतिको वर्गीकरण गरी मूल्याङ्कन हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
भोटेकोशी बाढीबाट भएको क्षतिको वर्गीकरण गरी मूल्याङ्कन हुँदै
काठमाडौं, कात्तिक ११ :

कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा भएको नोक्सानीको मूल्याङ्कन भइरहेको जनाएको छ । 
सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले भोटेकोशी बाढीका कारण भएको नोक्सानीको ४–५ वटा शीर्षकमा वर्गीकरण गरेर मूल्याङ्कन भइरहेको जानकारी दिए ।

बाढीका कारण बालीनालीको नोक्सानीको मूल्याङ्कन राष्ट्रिय योजना आयोगकै प्रतिवेदनमा समेटिने उनले बताए। त्यस्तै उनले पशुपन्छीको क्षेत्रमा भएका नोक्सानीका बारे किसान सूचीकरणको तथ्यांकका आधार र व्यावसायिक फार्महरूको नोक्सानीको विवरणका आधारमा मूल्याङ्कन भइरहेको उल्लेख गरे ।

जग्गाको नोक्सानीका क्षेत्रमा हजारौँ वर्षदेखि खेती गरिँदै आएको र उत्पादकत्वको आधारमा जग्गाको क्षति मूल्याङ्कन गर्ने पद्धति अपनाएको उनको भनाइ छ । उनले सवै क्षेत्रका अन्तिम तथ्यांक समितिमा छिटै उपलब्ध गराइने धारणा राखे। कालीगण्डकी बाढीपछिको नोक्सानीको मूल्याङ्कनको काममा भने केही ढिलाई भएको सचिव मिश्रले बताए ।

समिति सभापति कृष्णप्रसाद पौडेलले बाढी प्रभावित बिभिन्न स्थानीय तहका ४९ वटा वडाको फरक–फरक क्षतिका वास्तविक तथ्यांक प्रमाणीकरण गरेर उपलब्ध गराउन आग्रह गरे। सबै तथ्याङ्क आएपछि मात्रै समितिले स्थगलत निरिक्षण गर्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार