बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

कालीमाटीमा भित्रिएका तरकारीमा विषादीको मात्रा अधिक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ चैत, २०८१ मा प्रकाशित
कालीमाटीमा भित्रिएका तरकारीमा विषादीको मात्रा अधिक
फाइल तस्बिर।
काठमाडौं, चैत १२ :

कालीमाटीमा भित्रिएका तरकारीमा खान नहुने मात्रामा विषादीको अवशेष भेटिएको छ । कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले तरकारीको नमुना परीक्षण गर्दा खान नहुने विषादीको मात्रा अधिक देखिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार १४ प्रकारका तरकारीको नमुना परीक्षण गरेकामा भक्तपुरबाट आएको ब्रोकाउलीमा अगार्नोफस्फेट नामक विषादीको रोकावट दर ८८.६७० प्रतिशत रहेको पाइएको छ । समितिका अनुसार बाँकी ब्रोकाउली प्रहरीको रोहबरमा नष्ट गरिएको छ ।

समितिले चैतको १ देखि ११ गतेसम्म १३० वटा तरकारीका नमुनाको परीक्षण गरेकोमा सात वटा खान नहुने विषादीको प्रयोग भएको जनाएको छ । केही दिन पर्खेर मात्रै खान हुने विषादीको मात्रा नौ वटामा देखिएको र धेरै जसो गोलभेँडा छन् । विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ । 

विषादी छर्केपछि वेटिङ पिरियड (पर्खनुपर्ने अनिवार्य निश्चित समय) नपर्खेर बारीबाट सोझै बजारमा साग लगिएकाले उच्च परिमाणमा विषादीको अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले जानकारी दिइन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार