ललितपुर, चैत १२ :

प्रधानमन्त्री केपी ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् ।

प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) को १०औँ महाधिवेशनमा उनले मजबुत संरचना निर्माणमा इन्जिनियरहरुको ध्यान जानुपर्नेमा जोड दिए । ‘हाम्रो देशमा पहाडी संरचना भएकाले पहिरो जाने समस्या छ । इन्जिनियरले यो परिवेश बुझेर भौगर्भिक अवस्थाको मूल्यांकन गरी सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘खतरायुक्त स्थानमा संरचना बनाउनु हुँदैन । कानुनी कुरामा भएका समस्या सुधार गर्न सुझाव दिनुहोला । सरकारले त्यसमा ध्यान दिनेछ ।

प्रतिपक्षीको भूमिका यथार्थपरक भएन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न लागिपरेको उल्लेख गर्दै मुलुकमा प्रतिपक्षको भूमिका रचनात्मक र सकरात्मक हुनुपर्ने बताए । २०४६ सालपछि देशमा विकासको गति तीव्र रुपमा अगाडि बढेको र आफू प्रधानमन्त्री हुँदा भूकम्पले देश थिल्थिलिएको अवस्थामा ‘विल्ड वेटर’को नारा दिएर पुनर्निर्माणमा जुटेको बताए ।

‘पूर्वाधारको विकासविना विकास सम्भव छैन,’  ओलीको भनाइ छ, ‘पूर्वाधारको विकासले बजारको सिर्जना गर्छ । उद्यमशीलता गर्छ ।’