आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस #महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस
समाचार प्रदेश बागमती प्रदेश

घोप्टेभिरको सुक्खा पहिरो पन्छाइयो, सडक दुईतर्फी सञ्चालन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १५ मिनेट अगाडि प्रकाशित
घोप्टेभिरको सुक्खा पहिरो पन्छाइयो, सडक दुईतर्फी सञ्चालन
फाइल तस्वीर ।
चितवन, कात्तिक २२ :

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २:१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रुपमा आफ्नो गन्तव्यतर्फ लागेका छन् । सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो ।

नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार झण्डै ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो  । सो ठाउँमा भित्तो काटिएको नभए पनि आफैँ माथिबाट पहिरो खसेको हो । सो ठाउँ कमजोर भएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको उनले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार