आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस #महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस
राजनीति भिडियो

प्रधानमन्त्रीका सल्लाहकारले आफू विरुद्धको प्रमाण मेटाए र चाहने सार्वजनिक गरे : महामन्त्री पौडेल

एउटै पार्टीको दुई जना सभापति हुन सक्दैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४५ मिनेट अगाडि प्रकाशित
प्रधानमन्त्रीका सल्लाहकारले आफू विरुद्धको प्रमाण मेटाए र चाहने सार्वजनिक गरे : महामन्त्री पौडेल
काठमाडौं, कात्तिक २२ :

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनताको स्वतन्त्रता खोस्ने काममा सरकार उद्दत भएको बताएका छन् ।

आइतबार काठमाडौंको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्ने जस्ता निरङ्कुश शासन व्यवस्था हावी हुन लागेको समेत बताए ।

उनले प्रधानमन्त्रीका सल्लाहकारले आफू विरुद्धको प्रमाण मेटाउने र आफूलाई चाहने प्रमाण सार्वजनिक गरेको आरोप समेत लगाए । उनले अहिले व्यवस्था ल्याउन केही नगर्नेहरुलाई जनताले दुईतिहाई मत दिएको भन्दै जनमतको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिए ।

त्यस्तै उनले कांग्रेसको बृहत एकताका निम्ति अधिकतम प्रयत्न गरेको बताए । उनले विधिको शासन भएको देशमा एउटै पार्टीको दुई जना सभापति र एउटा पार्टीको दुइटा झन्डा चुनावचिह्न हुन नसक्ने उल्लेख गरे ।

कांग्रेसको अर्को पक्षको गतिविधि विधिको शासनको बरखिलाफमा रहेको उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार