आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस #महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस
समाचार प्रदेश गण्डकी प्रदेश

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३६ मिनेट अगाडि प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मक तस्वीर ।
नवलपरासी, कात्तिक २२ :

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ त ३६३३ नंको ट्र्याक्टरले आज बिहान ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका–१ का २४ वर्षीय लोकेश भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालक नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१३ का ३२ वर्षीय लोकबहादुर महतोलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको पण्डितले बताए । दुर्घटनामा मृत्यु भएका भण्डारी काठमाडौँस्थित प्रहरी वृत्त सामाखुसीमा कार्यरत प्रहरी जवान रहेको पण्डितले जानकारी दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार