मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार खेलकुद

स्यान्टु प्रारम्भिक चरणमै पराजित

· आइतबार, १४ साउन, २०८१ मा प्रकाशित
स्यान्टु प्रारम्भिक चरणमै पराजित

काठमाडौं,साउन १३: नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित भएका छन्।

उनी सेनेगलका इब्राहिम डिएवसँग पराजित भएका हुन्। उनी ४-० ले पराजित भएका हुन्। पहिलो सेटमा टक्कर दिएपछि उनी १०-१२ ले पराजित भए। त्यसपछि उनी खेलमा फर्किन सकेनन् र ३-११, ४-११ र ५-११ ले पराजित हुन पुगे।

यो सँगै उनी अन्तिम ६४ मा पुग्न असफल भएका छन्। गत जेठ दुई गते लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको दक्षिण एसियाली छनोट फाइनलमा नेपालकै संयोग कपालीलाई हराउँदै स्यान्टुले ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए।

स्यान्टु छनोटचरण पार गरेर पेरिस ओलम्पिक २०२४ खेल्ने एकमात्र नेपाली खेलाडी हुन्। समग्रमा भने उनी छनोटचरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी हुन्। यसअघि संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए। नेपाली टेबल टेनिस इतिहासमा भने ओलम्पिकमा छनोट हुने उनी पहिलो खेलाडी हुन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार