बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश लुम्बिनी प्रदेश

बर्दघाटमा स्कुल बससहित तीन सवारीसाधन ठोक्कियो, २० जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
बर्दघाटमा स्कुल बससहित तीन सवारीसाधन ठोक्कियो, २० जना घाइते
पश्चिम नवलपरासी, चैत १३ :

पश्चिम नवलपरासीको बर्दघाटमा तीन सवारीसाधन ठक्कर खाँदा २० जना घाइते भएका छन् ।

विद्यार्थी बोकेको स्कुल बस, यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा १४ विद्यार्थीसहित २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ र ४ को सिमानामा पर्ने चिसापानी सामुदायिक अस्पतालअगाडि भएको दुर्घटनामा अन्य ६ यात्रु घाइते भएका हुन् ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गमा सुस्ता गाउँपालिकामा कार्यरत प्राविधिक वीरेन्द्र मण्डल चढेको बा.२.ब ६५४९ नम्बरको मोटरसाइकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरातर्फ जाँदै गरेको ग.२ख १५७४ नम्बरको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । 

मोटरसाइकललाई ठक्कर दिएर अनियन्त्रित भएको यात्रुवाहक बसले सडकमा बिद्यार्थी चढाउँदै गरेको बर्दघाट नगरपालिका १२ भुताहाको ग्लोबल एकेडेमीको लु.१ख ८७० नम्बरको बसमा ठक्कर दिँदा धेरै विद्यार्थी घाइते हुन पुगेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार