बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

महासंघको ७० औं स्थापना दिवसमा पत्रकारहरुको स्वास्थ्य परीक्षण हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
महासंघको ७० औं स्थापना दिवसमा पत्रकारहरुको स्वास्थ्य परीक्षण हुने
काठमाडौं, चैत १३ :

नेपाल पत्रकार महासंघले यही चैत १६ गते आफ्नो ७० औं स्थापना दिवसका अवसरमा पत्रकारहरुको स्वास्थ्य परीक्षण लगायत विभिन्न कार्यक्रम गर्ने भएको  छ ।

महासंघ अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले स्थापना दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा केन्द्र र उपत्यका बाहिरका जिल्ला शाखाहरुमा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट प्रतिवद्धता प्राप्त भए बमोजिम केन्द्रीय कार्यालयमा मन्त्रालयसँग र उपत्यका बाहिरका जिल्ला शाखामा सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा आवश्यक प्रबन्ध मिलाइएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।

७०औं स्थापना दिवसका अवसरमा केन्द्रीय समितिले यही चैत १६ गते शनिबार बिहान ७ बजे सिनामंगल चोकबाट सञ्चारग्रामसम्म प्रभातफेरी गर्ने र बिहान ९ बजेदेखि १ बजेसम्म महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण गर्ने तय भएको पनि महासचिव दाहालले बताए । स्वास्थ्य परीक्षणमा बिएमआइ, उच्च रक्तचाप, मधुमेह, मृगौला, पाठेघरको मुखको स्क्रिनिङलगायत हुने छन् । यसअघि संघीय संसदका माननीयहरुको यस प्रकारको परीक्षण भएको थियो ।

केन्द्रीय कार्यालयमा हुने परीक्षणमा उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेश समितिका साथै काठमाडौं, ललितपुर र भक्तपुर शाखा, प्रतिष्ठान शाखाहरु र एसोसियट संस्थामा आवद्ध सदस्यहरुले पनि भाग लिन पाउने जनाइएको छ ।

उपत्यका बाहिरका जिल्ला शाखाहरुमा हुने परीक्षणमा जिल्ला शाखाका साथै शााखाको जिल्लामा रहेका प्रदेश समितिमा आवद्ध पत्रकारहरुको सहभागिता रहनेछ । यसका अतिरिक्त प्रदेश र शाखाहरुले रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाउने तय भएको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार