
नेप्से यो साता कारोबारको अन्तिम दिन ४१.४३ अंकले बढेको छ । सुधारिएको नेप्से २,६६३.३० को विन्दुमा कायम भएको हो । यो १.५८ प्रतिशतको वृद्धि हो ।
अघिल्लो दिनको तुलनामा आज कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकामा आज ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँको भयो । आज २२७ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् ।
आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता सेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री भए । जसअनुसार पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सबै समूहको उपसूचक हरियो देखिएको छ । व्यापार समूह सबैभन्दा बढी ६.९ प्रतिशतले बढेको छ । बैंकिङ ०.९०, विकास बैंक १.१०, वित्त १.३०, होटेल तथा पर्यटन ०.४४, जलविद्युत् १.०९ र लगानी समूह २.२० प्रतिशतले बढेको छ ।
त्यस्तै जीवन बिमा १.७१, उत्पादन तथा प्रशोधन ०.९२, लघुवित्त २.२२, म्युचुअल फन्ड ०.३७, निर्जीवन बिमा ०.८५ र अन्य समूह १.७४ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुमारी सबल योजनाको सेयर मूल्य १.८२ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन री-इन्स्योरेन्स लिमिटेडको ५१ करोड १८ लाख १७ हजार सात सय १४ रुपैयाँबराबरको पाँच लाख आठ हजार आठ सय ६० कित्ता सेयर किनबेच भए ।