
काठमाडौं, चैत १४ :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धूमपानको लत त्याग्न चाहनेहरुको लागि निःशुल्क परामर्श सुरु गरिएको जनाएको छ ।
वीर अस्पतालमा लत त्याग्न चाहनेका लागि परामर्शका साथै निकोटिन रिप्लेसमेन्ट थेरापीअन्तर्गत निकोटिन चुइङ्गम पनि वितरण भइरहेको मन्त्रालयले जनाएको छ ।
चुइङ्गम सीमित मात्रामा भएको हुँदा वीर अस्पतालको ओपीडी भवनको तेस्रो तल्लामा गएर जो कसैले सेवा लिन सक्ने एक सूचनामार्फत जानकारी गराइएको छ ।