
काठमाडौँ, चैत १५ :


काठमाडौँ महानगरपालिकाले एसईई दिएर गन्तव्यमा पुग्न समस्या भएका विद्यार्थीलाई गाडी उपलब्ध गराउने भएको छ ।
महानगरपालिकाले आज हुन लागेका विभिन्न आन्दोलन र प्रदर्शनलाई मध्यनजर गर्दै विद्यार्थीका लागि गाडी उपलब्ध गराउने निर्णय हो ।
एसईई दिएर गन्तव्यमा पुग्न समस्यामा परेका विद्यार्थीले हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ सम्पर्क गर्न महानगरपालिकाले अनुरोध समेत गरेको छ ।