काठमाडौं, चैत १५ :

काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरु प्रदर्शन सुरु भएको छ । प्रदर्शनमा सहभागी हुन आउनेहरु भेला हुने क्रम पनि चलिरहेकै छ ।

काठमाडौं उपत्यकाका विभिन्न चोकमा झन्डा-ब्यानरसहित नेता-कार्यकर्ता तथा शुभेच्छुक जम्मा भएका छन् । उनीहरु र्‍यालीसहित आ-आफ्नो पक्षको सभास्थलमा पुगेका छन् ।

गणतन्त्रवादीहरुले समाजवादी मोर्चाको आयोजनामा प्रदर्शनीमार्गमा सभा सुरु गरेका छन् । यसैगरी राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेकाहरुले तीनकुनेमा सभा गरेका छन्  । प्रदर्शनीमार्ग र तीनकुने दुवै क्षेत्रमा सभाका लागि भव्य मञ्च बनाइएका छन् ।

समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गरेका हुन् । राजावादीहरुले गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा प्रदर्शन गरेका हुन् ।