बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

प्रधानमन्त्रीले दलहरुलाई भनिन्- फागुन २१ को चुनाव कुनै हालतमा रोकिँदैन

संसद् पुनःस्थापना र निर्वाचन बहिष्कारले देशलाई अस्थिरतातर्फ लैजान्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ मंसिर, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीले दलहरुलाई भनिन्- फागुन २१ को चुनाव कुनै हालतमा रोकिँदैन
फाइल तस्बिर ।
काठमाडौं, मंसिर ३ :

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनबाट कुनै पनि दल दायाँ–बायाँ नहुन चेतावनी दिएकी छन्। बुधबार सिंहदरबारमा राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्दै उनले संसद् पुनःस्थापना र निर्वाचन बहिष्कारजस्ता गतिविधिले देशलाई पुनः अस्थिरतातर्फ लैजाने बताइन्।

प्रधानमन्त्री कार्कीकाअनुसार मंसिर १० गतेभित्र दल दर्ता अनिवार्य रहेको छ। दल दर्ता नगर्ने वा चुनावबाट भाग्ने दललाई लोकतान्त्रिक जिम्मेवारीभन्दा ‘अराजकता रोजेको’ ठहरिने चेतावनी उनले दिइन्।

हेट स्पीच, द्वेषपूर्ण अभिव्यक्ति र आचारसंहिता उल्लंघनमा कडा कारबाही हुने बताउँदै कार्कीले निर्वाचन आयोगलाई सबल बनाउने, प्रचार अवधि २१ दिनमा सीमित गर्ने र अनावश्यक खर्च रोक्ने सरकारको प्रतिबद्धता दोहोर्याइन्।

जेन–जी युवाहरूको भदौ २३–२४ को आन्दोलनलाई सकारात्मक सहभागितामा रूपान्तरण गर्ने उद्देश्यले कानुनी सुधारमार्फत युवा भूमिकालाई बढाइने उनको भनाइ छ। चुनाव सुरक्षित, भयरहित र विश्वसनीय बनाउन संवेदनशील क्षेत्र विशेष निगरानीमा राखिएको पनि उनले बताइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार