मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल #नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल
समाचार प्रदेश मधेस प्रदेश

दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा, मुख्य योजनाकार अझै फरार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ चैत, २०८१ मा प्रकाशित
सिराहा, चैत १६ :

सिराहामा महायज्ञका लागि दलितको घर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव धरौटीमा रिहा भएका छन् ।

शुक्रबार सिराहा जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासको आदेशमा जनही एक लाख रुपैयाँ धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् ।

जातीय विभेद तथा छुवाछुतसम्बन्धी कसुरमा यही चैत ८ गते पक्राउ परेका उनीहरुविरुद्धको मुद्दामा शुक्रबार अदालतमा थुनछेक बहस भएको थियो । 
अदालतले उनीहरूलाई वैशाख १९ मा पुनः हाजिर हुन आदेश दिएको छ ।

घटनाको मुख्य योजनाकार मानिएका महायज्ञका मूल पुजारी बजरंगी बाबा भने अझै फरार रहेको प्रहरीले जनाएको छ । 

गत फागुन १० मा औरही- ५ का दीपक मल्लिक (डोम) को घर महायज्ञका नाममा डोजर लगाएर भत्काइएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार