काठमाडौँ, चैत १६ :

शुक्रबार म्यानमारमा गएको भूकम्पका कारण १४४ जनाको मृत्यु भएको छ भने ७३२ जना घाइते भएका छन् ।

म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लाइङले दिएको जानकारी अनुसार मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

शुक्रबार म्यानमारमा गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पले धेरै भवनहरू ध्वस्त भएका छन् । म्यानमारसँगै थाइल्याण्ड र चीनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

थाइल्यान्डमा गएको भूकम्पमा हालसम्म तीन जनाको मृत्यु भएको छ।

यद्यपि, त्यसबेलादेखि थाई प्रशासनले अहिलेसम्म कति जनाको मृत्यु र कति जना घाइते भएका छन् भन्ने कुरा बताएको छैन ।