आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

राजावादीको आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ : एमाले महासचिव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ चैत, २०८१ मा प्रकाशित
राजावादीको आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ : एमाले महासचिव
काठमाडौँ, चैत १६ :

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार भएको पूर्वराजा समर्थकहरूको आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

उनले शनिबार सामाजिक सञ्जालमार्फत आन्दोलनका नाममा नियोजित रूपमा परिचालित आपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटबाट पीडित भएकालाई राज्यका तर्फबाट यथोचित सम्बोधन आवश्यक रहेको बताए । 

महासचिव पोखरेलले जनतालाई आतङ्कित बनाउने आपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

उनले हिजोको घटनामा जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थलाभको कामना समेत गरेका छन् । 

महासचिव पोखरेलले समाजवादी मोर्चाको कार्यक्रम शान्त, मर्यादित एवं सन्देश मुलुक र पूर्वराजा समर्थकहरूको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रहेको उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार