चैत १६ :

शुक्रबार म्यानमारमा गएको भूकम्पका कारण सात सय बढि मानिसको मृत्यु भएको छ भने १६ सय भन्दा धेरै घाइते भएका छन् ।

म्यानमारका सैन्य नेताहरूले दिएको जानकारी अनुसार मृतक र घाइतेको संख्या अरु बढ्दै गएको विवरण प्राप्त भइरहेको जनाइएको छ ।

म्यानमार अधिकारीहरुले उद्धार र क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएका छन् ।

केही घण्टा अघि मात्रै म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताएका थिए ।

शुक्रबार म्यानमारमा गएको ७.७ म्याग्निच्युडको भूकम्पले धेरै भवनहरू ध्वस्त भएका छन् । 

म्यानमारसँगै थाइल्यान्डमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट दुवै देशमा विनाश निम्त्याएको छ ।