मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल #नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल
समाचार मधेस प्रदेश

सिरहामा दलितको घरमा डोजर चलाउने धरौटीमा रिहा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ चैत, २०८१ मा प्रकाशित
सिरहामा दलितको घरमा डोजर चलाउने धरौटीमा रिहा
फाइल फोटो ।
सिरहा, चैत १६ :

सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलितको घर भत्काइएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादव धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत सिरहाका न्यायाधीश विदुर काफ्लेको इजलासले यादवद्वयलाई जनही एक लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो।  उनीहरूलाई वैशाख १९ मा पुनः हाजिर हुन आदेश दिएको छ। दलित परिवारको घरमा डोजर चलाउने निर्देशन दिने महायज्ञका मूल पुजारी बजरंगी बाबा भने अझै फरार छन्।

१७ चैतदेखि महायज्ञ गर्न भन्दै औरही–५ का दलित दीपक मलिक (डोम) को घर गत १० फागुनमा डोजर लगाएर भत्काइएको थियो। त्यसको सडकदेखि सदनसम्म चर्कोविरोध हुँदै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार