मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
समाचार

पूर्व राजाको सुरक्षामा खटिने प्रहरीको टोली परिवर्तन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
पूर्व राजाको सुरक्षामा खटिने प्रहरीको टोली परिवर्तन
काठमाडौँ, चैत १७ :

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोली नै परिवर्तन गरिएको छ ।

सरकारले शाहको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि घटाएको छ ।

डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सेटलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शाहको सुरक्षामा प्रमोद प्रकाश पाठक नेतृत्वमा १६ जनाको नयाँ टोली खटाइएको छ ।

भीभीआईपीको सुरक्षा मापदण्डअनुसार १६ जना सुरक्षाकर्मीको टोली उनको सुरक्षामा खटाइएको हो ।

यसअघि शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले तीनकुनेमा भएको हिंसात्मक घटना ज्ञानेन्द्रकै कारण भएको निष्कर्ष निकालेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार