शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

नागार्जुनमा खसीबोका बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
नागार्जुनमा खसीबोका बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
काठमाडौँ, चैत १७ :

काठमाडौँको नागार्जुन नगरपालिका- ८ ठुलो खोला नजिकै गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

धादिङबाट गएराति काठमाडौँ आउँदै गरेको प्र ३ - ०१- ०२४  च ८३२२ नम्बरको खसी बोका बोकेको टाटा गाडी साइड दिने क्रममा सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते गोरखाका ५० वर्षीय गोकुल पाण्डेलाई उपचारका लागि अस्पताल पुर्‍याइएको भएपनि रातिनै उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

दुर्घटनामा गोरखाका ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार