
काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र निर्मल निवासले बुझ्न अस्वीकार गरेको छ ।
जरिवाना पत्र बुझाउन आइतबार निर्मल निवासमा पुगेको महानगरको टोली गेटबाट यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
निर्मल निवासले जरिवाना पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ । जरिवानाको पत्र बुझाउन गएको टोलीलाई भित्र जान दिएपछि गेटबाटै फर्केको महानगरको टोलीले हुलाक मार्फत पत्र पठाएको जनाइएको छ ।
निर्मल निवास सचिवालयले कार्यक्रम पूर्वराजासँग सम्बन्धित नभएकाले पत्र बझ्न अस्वीकार गरेको थियो । चैत १५ गते काठमाडौंमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सडकपेटीमा फोहोर गरेरको र भौतिक क्षति पुर्याएको भन्दै महानगरले शनिबार विभिन्न शीर्षमा गरी पूर्वराजा शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँबराबरको जरिवाना पत्र काटेको थियो।
प्रदर्शनको आयोजक मध्येका राप्रपा र राप्रपा नेपालले आफूहरूले आयोजना गरेको कार्यक्रममा पूर्वराजा शाहको नाममा जरिवानापत्र काटिनु उचित नभएको बताएका आएका छन् ।
यो पनि…
पूर्वराजालाई काठमाडौं महानगरले तोक्यो ७ लाख ९३ हजार जरिवाना, कुन शीर्षकमा कति ?