सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
राजनीति

सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

कुनै उजुरी भएमा १० दिनभित्र संसद सचिवालयमा दर्ता गराउन सूचित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २६ मिनेट अगाडि प्रकाशित
सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
काठमाडौं, कात्तिक ९ :

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै उनीहरूको नियुक्तिका सम्बन्धमा कुनै उजुरी भए प्रमाणसहित पेस गर्न सर्वसाधरणलाई आह्वान गरेको हो।

प्रस्तावित न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीका बारेमा कुनै उजुरी भएमा १० दिनभित्र संसद सचिवालयमा दर्ता गराउन सूचित गरिएको छ । सर्वोच्चका लागि प्रस्तावित चारै जना उच्च अदालतको न्यायाधीशबाट सिफारिस भएका हुन्।

उजुरीकर्ताले आफूले पेस गरेको उजुरीको आधार र प्रमाण खुलाउनुपर्नेछ। समितिले उजुरीमाथि आवश्यक अध्ययन तथा छानबिन गरी संसदीय सुनुवाइको प्रक्रिया अघि बढाउनेछ। सुनुवाइ समितिले अनुमोदन गरेमा नियुक्तिका लागि योग्य हुनेछन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार