मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
समाचार मनाेरञ्जन कला भिडियो

यस्तो बन्यो ‘खेल’ को ट्रेलर, रहस्यमय कथामा काठमाडौंको इतिहास झल्काउने प्रयास

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
यस्तो बन्यो ‘खेल’ को ट्रेलर, रहस्यमय कथामा काठमाडौंको इतिहास झल्काउने प्रयास
काठमाडौं, चैत १७ :

सस्पेन्स थ्रिलर नेपाली चलचित्र ‘खेल’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ ।

ट्रेलरमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ ।

ट्रेलरमा शिक्षकले विद्यार्थीलाई काठमाडौंको इतिहास पढाउँदै गरेका छन् भने केही अन्धविश्वास, रोगको प्रकोप र कालो जादुका विषयहरू पनि उठ्छन् । पुराना कलाकृति र शिलालेखहरूको दृश्यहरू छन् । साथीहरूबीचको मित्रता र असमझदारी दुवै देखाइएको छ । उनीहरू लुडो र अन्य खेलहरू खेलिरहेका छन् ।

अभिनेत्री सुरक्षा पन्तको अस्वाभाविक व्यवहार, हेना नगरकोटीको रहस्य सुल्झाउने प्रयास र मोनिका थापा र समापिका गौतमको फरक गतिविधिले चलचित्रमा रहस्य र डरको आभास दिन्छ ।

ट्रेलरमा एउटा खेलपछि उत्पन्न हुने समस्याको चर्चा गरिएको छ । ‘एउटा पौराणिक कथा, सदियौँदेखिको बन्धन, एउटा घातक खेल, मित्रताको बन्धन, ईर्ष्याद्वारा भ्रष्ट, अकाट्य भोग’ जस्ता वाक्यांशहरूले चलचित्रको रहस्यमय र डरलाग्दो वातावरणलाई थप बलियो बनाएका छन् ।

यसबाट थाहा हुन्छ कि यो चलचित्र साथीहरूको कथासँगै काठमाडौं उपत्यकाको उत्पत्ति र इतिहास पनि बताउँछ ।

आगामी वैशाख १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा आधारित छ । जसमा अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका साथीहरूको कथा प्रस्तुत गरिएको छ । जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ ।

ट्रेलरमा यी साथीहरूको जीवनमा आउने रहस्यमय घटनाहरू र तिनले सामना गर्नुपर्ने चुनौतीहरूलाई देखाइएको छ ।

चलचित्र ‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्मातामा कुणालराज गुरुङ र रहिशराज महर्जन छन् । चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।

चलचित्रको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् । ध्वनि डिजाइन विकल प्रधान, रङ संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन् ।

प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् । चलचित्रको वितरण डीसीएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार