काठमाडौँ, चैत १८ :
यही चैत १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।
पक्राउ परेका ४१ जना विरुद्ध विभिन्न मुद्दामा जिल्ला अदालत काठमाडौँबाट आइतबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा सङ्गठित तवरले आपराधिक घटना घटाएको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ