काठमाडौं, चैत १८ :

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा उनले सोमबार छतमाथि बसेर म्याद सकिएको अश्रुग्यास किन बर्साइयो ? भनी सरकारसँग प्रश्न गर्दै न्यायीक छानबिन गठनको माग गरे ।

राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न र लुट मच्चाउन खोजिएको आरोप पनि लगाए ।

‘तपाईँले राजा हटाएपछि नारायणहिटीमा कसले व्यापार गर्न खोज्यो ? उनले भने, ‘गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउनुभयो ।’ ठुला भनिएका दलका नेताको शब्दजाल र मिथ्या कुरा अहिलेको पुस्ताले नमान्ने बताएका छन् ।

प्रधानमन्त्रीप्रति लक्षित गर्दै लिङ्देनले तपाईंका किर्ते कुरा मभन्दा पछिल्लो पुस्ताले नमान्ने भन्दै नेपाली जनतालाई भुटानी शर्णार्थी बनाएर बेचेको सबैले हेरिरहेको बताए ।