
काठमाडौं, चैत १९ :
काठमाडौंको कलंकी लाम्पाटी क्षेत्रमा विद्युत्को पोलमा आगो लागेको छ ।
पोलमा गुजुल्टिएको तारमा एक्कासी आगो लाग्दा वरपरका घरमा समेत जोखिम भएको थियो ।
स्थानीय बासिन्दाको सहयोगमा आगो निभिसकेपछि दमकल आएको थियो ।
राजधानीका चोकचोकका तार व्यवस्थित हुन सकेका छैनन् । त्यसले गर्दा दुर्घटनाको जोखिम पनि बढेको छ ।
चोकचोकका घरको छेउमै तारहरू झुन्डिएको अवस्था छन् । तार भूमिगत गर्ने काम केही स्थानमा भए पनि धेरै ठाउँमा अझै व्यवस्थित गर्न बाँकी छ ।
बिजुलीका पोलपोलमा झुन्डिएका तारको गुजुल्टोले गर्दा सहरको सौन्दर्यमा असर पुर्याएको छ ।