बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
खेलकुद फुटबल

माओत्सेतुङलाई ‘तानाशाह’ भनेकोमा एम्बाप्पेले मागे चीनसँग माफी

चिनियाँ कम्पनीले उनीसँगका व्यावसायिक साझेदारी तोडे
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
माओत्सेतुङलाई ‘तानाशाह’ भनेकोमा एम्बाप्पेले मागे चीनसँग माफी
काठमाडौं, कात्तिक ११ :

फ्रान्सेली फुटबल कप्तान तथा रियल मड्रिडका फरवार्ड किलियान एम्बाप्पेले चिनियाँ नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेको अभिव्यक्तिप्रति चीनसँग माफी मागेका छन्।

मंगलबार वक्तव्य जारी गर्दै उनले आफ्नो टिप्पणीले चीन तथा विश्वभरका चिनियाँ समुदायका मानिसलाई चोट पुर्‍याएको स्वीकार गरेका छन्। ‘मेरो भनाइबाट दुःखी भएका सबैसँग माफी माग्छु। मेरो उद्देश्य यस्तो थिएन,’ उनले भनेका छन्।

एक पोडकास्ट अन्तर्वार्तामा इन्टरनेट मिमबारे कुरा गर्ने क्रममा एम्बाप्पेले आफ्नो अनुहार माओको तस्बिरमा जोडिएको मिम देखाउँदै उनलाई चिनियाँ तानाशाह भनेका थिए। त्यसपछि चीनमा उनको तीव्र आलोचना भएको थियो।

विवादपछि चिनियाँ सरकारी टेलिभिजनले उनी सहभागी खेल तथा ला लिगाका कार्यक्रम प्रसारण रोकेको र उनका विज्ञापन हटाइएको सञ्चारमाध्यमहरुले जनाएका छन्। मेङनिउलगायतका केही चिनियाँ कम्पनीले पनि उनीसँगको व्यावसायिक साझेदारी तोडेका छन्।

स्विस खेल पोसाक कम्पनी अन होल्डिङले भने एम्बाप्पेको माफीको स्वागत गरेको छ।  चिनियाँ सामाजिक सञ्जालमा एम्बाप्पेको माफीप्रति असन्तुष्टि कायमै छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार