काठमाडौं, चैत १९ :

काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा गोली लागेर दिवंगत भएका कीर्तिपुरका सविन महर्जनको पशुपतिमा अन्त्येष्टि गरिएको छ । 

उनको शवमा बुवा श्रीकृष्ण महर्जनले दागबत्ती दिएका थिए । पोस्टमार्टमको रिपोर्ट आए लगत्तै परिवारले शव बुझेर पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेको हो । 

महर्जनको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको छ ।  

गत चैत १५ मा राजावादीहरुले गरेको आन्दोलनका क्रममा गोली लागेका महर्जनको उपचारका क्रममा मृत्यु भएको थियो ।  उनको दायाँ कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।