आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

अटिजम भएका व्यक्तिको स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न सबै वर्गले सघाउनुपर्नेमा जोड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० चैत, २०८१ मा प्रकाशित
अटिजम भएका व्यक्तिको स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न सबै वर्गले सघाउनुपर्नेमा जोड
काठमाडौँ, चैत २० :

विश्व ‘अटिजम’ जागरुकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविध कार्यक्रमका साथ मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको हो ।

दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न यो दिवस उपयोगी हुने राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले बताएका छन् । 

दिवसका अवसरमा जारी गरेको मन्तव्यमा उनले अटिजम भएकाहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर दिनुपर्नेमा जोड दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार