बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कोरलानाका#संसदीय समिति#होल्डिङ सेन्टर#हट्न अल्टिमेटम#आनी छोइङ डोल्मा#कारण देखाउ आदेश#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो#नेपालको ऋण #कोरलानाका#संसदीय समिति#होल्डिङ सेन्टर#हट्न अल्टिमेटम#आनी छोइङ डोल्मा#कारण देखाउ आदेश#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो#नेपालको ऋण
प्रदेश बागमती प्रदेश

बोडेस्थित होल्डिङ सेन्टरमा रहेका ७ परिवारलाई शनिबारसम्म हट्न अल्टिमेटम

जग्गा भएका परिवारलाई शनिबारसम्म स्थान खाली गर्न निर्देशन दिएको हो।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २८ मिनेट अगाडि प्रकाशित
बोडेस्थित होल्डिङ सेन्टरमा रहेका ७ परिवारलाई शनिबारसम्म हट्न अल्टिमेटम
भक्तपुर, मंसिर ९ :

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सात परिवारलाई शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालयले अल्टिमेटम दिएको छ।

बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पुगेको टोलीले होल्डिङ सेन्टरमा सूचना टाँस्दै जग्गा भएका परिवारलाई शनिबारसम्म स्थान खाली गर्न निर्देशन दिएको हो।

प्रशासनले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणका आधारमा उक्त होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सात परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको पाइएको जनाएको छ। भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार उनीहरू भूमिहीन नरहने भएकाले होल्डिङ सेन्टर खाली गर्न सूचनामार्फत भनिएको छ।

काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्ती हटाइएपछि विस्थापित परिवारलाई अस्थायी बसोबासका लागि विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। सोही क्रममा बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा पनि उनीहरूको व्यवस्थापन गरिएको थियो।

उक्त होल्डिङ सेन्टरमा हाल ५९ जना बसोबास गरिरहेका छन्। तीमध्ये सात परिवारका नाममा जग्गा रहेको विवरण प्राप्त भएपछि प्रशासनले उनीहरूलाई स्थान खाली गर्न निर्देशन दिएको हो।

भूमि समस्या समाधान समिति, काठमाडौंको च.नं. ४८ मिति २०८३ भदौ ९ गतेको पत्रका आधारमा जग्गासम्बन्धी विवरण प्राप्त भएको प्रशासनले सूचनामा उल्लेख गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार